Rule 52
अधिकार प्रत्यायोजन
(१) मन्त्रालयले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये आवश्यकतानुसार केही अधिकार सम्बन्धित निकाय, आफू मातहतको निकाय वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) सम्बन्धित निकायले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये आवश्यकतानुसार केही अधिकार आफू मातहतको निकाय वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर सम्बन्धित निकायले मन्त्रालयमा आफ्नो राय पठाउने कुराको हकमा अधिकार प्रत्यायोजन गर्ने छैन ।